काठमाडौ. ७ साउन /घरमै बसेर विश्व विद्यालयमा भर्ना हुनेदेखि परीक्षा दिन पाउनेसम्मका सुविधा प्राप्तिको कल्पना गर्नेहरूले अब धेरै कुर्नु नपर्ने भएको छ । नेपाल खुला विश्व विद्यालयले परीक्षाको नतिजापछि प्रमाणपत्र लिनका लागि मात्र विश्व विद्यालयमा पुग्नुपर्ने आधुनिक शिक्षा पद्धतिको थालनी गर्दैछ ।
नेपाल खुला विश्व विद्यालयले आगामी छ महिनाभित्र शैक्षिक कार्यक्रम सुरु गर्दैछ । यसपछि दैनिक कलेज जान नसक्नेले उक्त विश्व विद्यालयबाट घरमै बसेर उच्च शिक्षा आर्जन गर्न पाउने छन् । त्यसका लागि विद्यार्थीसँग कम्प्युटरको सुविधा उपलब्ध हुनुपर्दछ । पछि घरबाटै इन्टरनेटमार्फत परीक्षा दिन सकिने सुविधा उपलब्ध गराइने भए पनि प्रारम्भमा भने तोकिएको केन्द्रमा परीक्षा दिन जानुपर्ने हुन्छ ।
विश्व विद्यालयका उपकुलपति प्रा. डा. लेखनाथ शर्माले भन्नु भयो, “अबको छ महिनाभित्र एमफिल कार्यक्रम सुरु गर्दैछौँ । घरमै बसेर एमफील अध्ययन गर्न सकिने छ । ” उहाँले शिक्षाशास्त्र, व्यवस्थापन वा मानविकीमध्ये कुनै एक सङ्कायमा एमफिल सुरु ... read all